उपन्यासकार दुर्गा काफ्लेको पुस्तक लोकार्पण

Author Nishkarsha News
२०८३ श्रावण २३, शनिबार २१:१०

दमक/ साहित्यकला सङ्गम दमक झापाले एक कार्यक्रमका बिच पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गमका उपाध्यक्ष समेत रहेकी साहित्यकार तथ उपन्यासकार दुर्गा खनाल काफ्लेको कृति अनुराग र वियोगको लोकार्पण गरिएको हो । उपन्यासकार दुर्गा खनाल काफ्लेको यो चौथो उपन्यास हो । यस अधि मनको बिचलन,प्रेम सरोवर र चादनी उपन्यास बजारमा आईसकेका छन ।

संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा, बरिष्ठ साहित्यकार प्रा।डा। गोबिन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा। गोपालप्रसाद भण्डारीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो कृतिाको लोकार्पण गरिएको हो ।

कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र भीम दहालले समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी , दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख ,साहित्य कला सङ्गमका सल्लाहकार डा उत्तम भट्टराई ,संस्थाका सल्लाहाकार सदस्य पुस्ता राई ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे , नेपाली साहित्य समाज उर्लावारीका अध्यक्ष यज्ञ परिश्रमी, नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरेको उपस्थिति रहेको थियो ।

कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु बिरही, उर्जाशिल साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डि .पी.शर्मा,प्रगतीवादी समालोचक प्रा.डा. बद्री बिलास पोखरेल, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा ,प्राज्ञ सुमित्रा वाङ्देल चेली र डा।गोपालप्रसाद भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

यसरी नै कवि तथा साहित्यकारहरु डा। खगेन्द्र प्रसाद दहाल , मिना अधिकारी , चिरञ्जीवी काफ्ले ,बिबश बलीभद्र कोईराला , रोशन यात्री लगायतले रचना गरेका थिए । स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरसुधा संगीत बिद्यालयको तर्फबाट संस्थाकी उपाध्यक्ष चन्द्रा गडतौलाको टिमले प्रस्तुत गरेको थियो । कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

कार्यक्रममा झापा ,मोरङ्ग, सुनसरी ईलाम र तेह्रथुमका साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब तीन सय स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्