दमक/ दमक र आसपास क्षेत्रका उद्योगी व्यवसायीहरुको संगठन दमक उद्योग वाणिज्य संघले नापतौलका सामग्री प्रयोग गर्ने व्यवसायीहरुको सहजताका लागि सम्बन्धित निकायसँगको सहकार्यमा नापतौलका सामग्री (ढक तराजु) परिक्षण तथा नविकरण शिविर सञ्चालन गरेको छ ।
बिहीबारदेखि संघको कार्यालयमा सञ्चालन भएको शिविर आज पनि जारी रहेको कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए । उनका अनुसार हरेक बर्ष नयाँ आर्थिक बर्ष शुरु भएसँगै प्रत्येक नापतौल सामग्रीको अवस्थाको परिक्षण (जाँच) गरेर मात्रै प्रयोगमा ल्याउनु पर्ने कानुनी व्यवस्था छ ।
नाप तौल तगा गुणस्तर विभागको कार्यालयले आकस्मिक रुपमा गर्ने अनुगमनका क्रममा त्यस किसिमको परिक्षण मापदण्ड पुरा नगरेका वा नविकृत नगरिएका ढक तराजु राखेको पाइएमा कानुनी कारवाहीमा पर्न सकिने खतरा रहन्छ ।
वाणिज्य संघमा नापतौलका सामगी जाँच तथा नविकरण शिविर
Nishkarsha News
२०८३ श्रावण २२, शुक्रबार १०:५५