नेशनल लाइफ दमक शाखाको विशेष अभिकर्ता भेला

Author Nishkarsha News
२०८३ श्रावण १६, शनिबार २०:२८

दमक/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दमक शाखाले ‘विशेष अभिकर्ता भेला’ आयोजना गरेको छ।
शाखाको तालिम हलमा आयोजित कार्यक्रममा अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को व्यावसायिक समीक्षा, आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक रणनीति, यस महिनाको ‘तीज उत्सव : संस्कृति र संगम’ अभियानबारे विस्तृत जानकारी तथा नेशनल रत्न, स्टार र सुपर स्टार कार्यक्रमका विषयमा जानकारी प्रदान गरिएको शाखा प्रबन्धक सुमन थुलुङले जानकारी दिए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई आगामी वर्षको लक्ष्य, व्यवसाय विस्तारका योजना तथा कम्पनीले सञ्चालन गर्ने प्रोत्साहनमूलक कार्यक्रमबारे जानकारी गराइएको थियो। साथै तीज अभियानलाई प्रभावकारी रूपमा सफल बनाउन सबै अभिकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।
नेशनल लाइफ दमक शाखाले यस्ता कार्यक्रमले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यवसाय प्रवर्द्धन तथा आपसी समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा शाखा अन्तर्गतका अभिकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्