बालिकामाथि जवरजस्तीकरणीको आरोपमा पाँच जना पक्राउ

Author Nishkarsha News
२०८३ श्रावण ११, सोमबार १९:५६
मोरङ/ बालिकालाई जबरजस्तीको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  सुनवर्षी नगरपालिकाकाकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिटी चालक तथा रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानलाई प्रहरीले पक्राउ गरेको हो ।
असमानले केही प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ ।
त्यसैगरी, सुनवर्षी–९ का २१ वर्षीय सुमनकुमार साहले समेत जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
यस्तै, रंगेली नगरपालिका–७ स्थित एक युमी क्याफेमा २० वर्षीय करण मण्डलले १८ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । साथै १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्