दमकमा सब–फर्टिलिटी उपचारबाट जन्माइयो बच्चा

Author Nishkarsha News
२०८३ श्रावण १०, आईतवार १९:५८
दमक/ झापाको दमकमा सब–फर्टिलिटी (Sub Fertility) समस्याबाट पीडित दम्पतीका लागि गरिएको उपचार सफल भएको छ। भट्टराई ओखती घर, दमक–६ का अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पबिना कट्टेलको उपचार सेवामार्फत आज एक दम्पतीले सफलतापूर्वक सन्तान जन्माएका हुन ।
सब–फर्टिलिटीका कारण लामो समयदेखि सन्तान प्राप्त गर्न कठिनाइ भोगिरहेका दम्पतीका लागि यो सफलता आशाको सन्देश बनेको भट्टराई ओखती घरले जनाएको छ। संस्थाले डा. कट्टेलको नेतृत्वमा प्रदान गरिएको उपचार सेवाबाट सफल नतिजा प्राप्त भएको भन्दै खुसी व्यक्त गरेको छ। 
सब–फर्टिलिटी भनेको नियमित वैवाहिक जीवन तथा आवश्यक प्रयासका बाबजुद पनि निश्चित अवधिसम्म गर्भधारण हुन नसक्ने अवस्था हो। समयमै विशेषज्ञ चिकित्सकको परामर्श र उचित उपचारबाट यस्तो समस्याको समाधान सम्भव हुने चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्