नाराबाजीसहित युएनसीआरमा शरणार्थीहरुको ज्ञापन

Author Nishkarsha News
२०७६ मंसिर १७, मंगलवार १५:०८

दमक/ झापाको दमकस्थित शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग ( युएनएसीआर) को कार्यालय अगाडी आज भुटानी शरणार्थीहरुले सम्मान स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै जुलुश प्रदर्शन गरेका छन् ।

करिव तीन दशकदेखि झापा र मोरङ्का शिविरमा बस्दै आएका शरणार्थीहरु मध्ये स्वदेश फर्कन चाहने शरणार्थीले प्रदशर््न गर्दै कार्यालय सम्म पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले आफ्नो थातथलो प्राप्तीको ग्यारेन्टी सहित घर फिर्ती गराउँनुपर्ने उनीहरुको माग छ । दमकको भृकुटी चौक देखि नाराजुलुस सहित प्रतिनिधिमुलक नेतृत्वको र्यालीले यूएनएचसीआरको शाखा कार्यालय अगाडी सुतेर नारा लगाएका थिए ।


राष्ट्रिय पुर्नमिलन समिति भूटानको आयोजनामा निकालिएको र्यालीले यूएनएचसीआर दमक शाखाका प्रमुख खालिद फान्सा मार्फत सँयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई पाँच बूँदे माग सहितको ज्ञापन पत्र पठाएका समितिका अध्यक्ष कृष्णविर तामाङले जनाएका छन् ।
बुझाइएको ज्ञापन पत्रमा झण्डै ३ दशकदेखि शरणार्थी भएर बस्दा सामाजिक, आर्थिक र पारिवारिक संरचना सवै ध्वस्त भएको उल्लेख गरिएको छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रको धारा १३ को उपधारा २ को सम्मानपूर्वक घर फिर्ती हुन पाउने अधिकार सुनिश्चित गर्न आफूहरुले सँयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न र्याली सहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष तामाङले बताउनु भयो । हाल मोरङ्गको पथरी र झापाको वेलडाँगी शरणार्थी शिविरमा ७ हजार हाराहारीमा भूटानी शरणार्थीहरु रहेका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्