दमक/ दमक उद्योग वाणिज्य संघको आसन्न पुष १८ मा हुन गइरहेको निर्वाचनका दर्जनौं उम्मेदवारहरुका बीचमा प्रथम उपाध्यक्षका उम्मेदवार तुलसीराम तिम्सिना फरक शैलीमा चुनाव लडिरहेका छन् ।
आफ्ना मतदाताहरुसँगको भेटमा उनले भन्ने गरेका छन– मेरो उम्मेदवारी समयको माग हो ।
सेवाका लागि संघमा आफ्नो दाबेदारी रहेको प्रष्ट पार्दै तिम्सीनाले सक्षम नेतृत्व, स्पष्ट कार्य योजनाको नारा तय गरेका छन् । योजना धेरै जसो समय आफ्नो उद्यम , व्यवसाय र सामाजिक क्षेत्रका काममानै बिताउने गरेका तिम्सीनाले अघिल्लो एक कार्यकाल जिम्मेवार र सुझबुझ पूर्वक ढंगबाट बिताए ।
संघका हरेक गतिबिधिमा सक्रिय भुमिका निर्वाह गर्दै महत्वपूर्ण काम, कार्यक्रमहरुमा जिम्मेवारी निर्वाह गरेका तिम्सीना सधैं सबैसँग भावनात्मक एकता कायम राख्नमा अब्बल थिए । संघले संस्थागत रुपमा आयोजना गरेका हरेक काम कार्यक्रमहरुमा उनको भुमिका र योगदान उच्च रहँदै आएको थियो । वाणिज्य संघका हरेक बैठकहरुमा नियमित उपस्थिती र हरेक कार्यक्रमहरुमा प्रभावकारी भुमिकाको प्रशंसा गर्दै संघले उनलाई सम्मान समेत गरेको थियो ।
दमक ८ मा सञ्चालित दमककै गहनाका रुपमा चिनिएको कस्मिक पाटी प्यालेसका सञ्चालक मध्येका एक युवा उद्यमी हुन् तिम्सीना । स्वदेशमानै युवाहरुले रोजगारका सम्भावनाहरु खोज्नु पर्छ भन्ने मान्यता राख्दै आएका तिम्सीना अग्रजहरुलाई सम्मान र आफ्ना समकालिनहरुसँग काँधमा काँध हातमा हात मिलाएर अघि बढ्न तयार हुने गर्छन । नुतन एग्रो इण्डस्ट्रिज लखनपुरका सञ्चालक, टिएसटी ट्रेडर्सका प्रोप्राइटरको रुपमा रहेका तिम्सीना सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै संलग्न छन् । क्लब हिमालयन टाइगरका सचिव तिम्सीना होलसेल व्यवसायी संघको आजिवन सदस्य र हाम्रो बाल आश्रम दमकका संस्थापक सदस्य समेत छन् । ( उम्मेदवार प्रमोशन अन्तर्गत प्रवद्र्धनात्मक सामाग्री)