दमक/ होटल व्यबसायी संघ दमकले दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रममा खाद्यन्न र लत्ता कपडा सहयोग प्रदान गरेको छ ।

आश्रममा रहेको ज्येष्ठ नागरिकहरुका लागि संघले सोमबाार न्यानो कपडा, खाद्यान्न लगायतका सामाग्री प्रदान गरेको हो ।
संघका अध्यक्ष राजन दंगाल, प्रदेश १ समितिका सल्लाहकार ज्ञानबहादुर कार्की (हरि) लगायत संघका पदाधिकारी तथा होटल व्यवसायीहरुले आश्रममा पुगेर सहयोग प्रदान गरेका हुन् ।
६ जना वृद्ध र ३ जना वृद्धाहरुलाई जुत्ता, ट्राउजर, हाईनेक, सावुन लगायत दाल, चामल लगायतका खाद्य सामाग्री पनि प्रदान गरिएको थियो । हाटेल व्यवसायी संघका अध्यक्ष दंगालले सहयोग सामाग्रीहरु आश्रम सञ्चालक समिति सदस्य अशिम राईलाई हस्तान्तरण गरेका थिए ।