दमकमा १६ दिने अभियानका क्रममा प्रशिक्षण र सम्मान

Author Nishkarsha News
२०७६ मंसिर १०, मंगलवार १९:३१

दमक/ लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज राष्ट्रिय महिला अधिकार मञ्च र जनचेतना महिला बिकाश संघ दमकले झापाको दमकमा संयुक्त रुपमा कार्यक्रम गरेका छन् ।

महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक बिभेदको सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । दमक नगर उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य मन्धरा पौडेल , नगरपालिकाद्धारा गठित १६ दिने अभियानकी दमक नगर संयोजक कृतिका भट्टराई, नेतृहरु रामकुमारी पौडेल, लीला ढुंगेल दाहाल, भुमिका कोईराला, राधिका सुवेदी, चन्द्रा खड्का भट्टराई, उज्यालो नेपालका अध्यक्ष यज्ञप्रसाद भट्टराई लगायतले बोल्नु भएको थियो ।
राष्ट्रिय महिला अधिकार मञ्चकी दमक नगर अध्यक्ष रमा लिम्बुले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा दमक नगर उपप्रमुख अधिकारीका साथै राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश १ संयोजक सीता सुवेदी, मोरङ जिल्ला अध्यक्ष कल्पना घिमिरे र जिल्ला सदस्य सीता सुवेदीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्