दमक/ छुरा प्रहार गरेर आफ्नै बुबाको हत्या गर्ने सुनसरीको देवानगंज गाउँपालिका वडा नं ३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गाको विषयलाई लिएर आपसी वादविवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।