दमक/ झापाको दमकमा रहेको मदनडाँगी–डिपु सडक अन्तर्गतको दमक ३ मा पर्ने संगम चोकमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार मध्यान्ह १२ बजे डिपु चोकबाट आम्दा तर्फ आउदै गरेको मे १ ख २८८४ नम्बरको टिपरको ठक्करबाट स्कूटरमा सवार दमक ३ का नारायणप्रसाद गौतमकी श्रीमती अन्दाजी ५५ बर्षिया लक्ष्मी गौतमको मृत्यु भएको हो ।
बिपरीत दिशाबाट जादै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्कुटर चालक टिका गौतमको दाहिने खुट्टाको घँुडामा सामान्य चोट लागेको जनाइएको छ । स्कूटर , टिपर र टिपर चालक बिर्तामोड २ का तोयानाथ बिकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि दिउँसो २.२५ बजे कानुनी प्रकृया पूरा गरी शव दमक अस्पतालमा पोष्टमार्टमका लागि लगिएको थियो ।