दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक -८ को आयोजनामा आजिवन सदस्यहरु बिचमा अन्तरकृया कार्यक्रम तथा स्वास्थ्य शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिक हरुको लागि खानपान ,आहार बिहार, योगको महत्वको बारेमा प्रशिक्षक मिना काईरालाले र ज्येष्ठ नागरिकमा आउने स्वास्थ्य समस्या र समाधानका उपायहरुको बारेमा डा.लेखनाथ न्यौपानेले प्रशिक्षण गराएका थिए ।दमक नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष धर्म प्रसाद दहाल (दिपेश)को प्रमुख आतिथ्यतामा र प्रतिष्ठानका केन्दिय अध्यक्ष दुर्गा प्रसाद पौडेलको बिशिष्ठ आथिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक -८ का अध्यक्ष ओम प्रसाद खनालले गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका केन्दिय सचिव जीवराज भट्टराई, सल्लाहाकार सह सयोजक डोयना दहाल, लेखा संयोजक कृष्णराज थापा,सामाजिक व्यक्तित्व प्रेम दगाल, टंक पाठक,शारदा उपाध्याय खनाल, लगायत आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले सञ्चालन गरेको कार्यक्रममा नया आजिवन सदस्यहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।