घरको पर्खालबाट लडेर मृत्यु

Author Nishkarsha News
२०८१ चैत्र ५, मंगलवार १५:४०

दमक/ झापाको अर्जुनधारा ४ मा आफ्नै निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
आज मंगलबार बिहान सो ठाउँका रन बहादुर बस्नेत आफ्नै नवनिर्मित घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर मृत्यु भएको हो । लडेर घाइते भएका बस्नेतको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर थप कानुनी प्रकृया अघि बढाएको जनाइएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्