दमक/ होली पर्वको अवसरमा शुक्रबार दमकस्थित विभिन्न स्थानमा सदभावसहित आपसमा रंग दलेर शुभकामना आदनप्रदान तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएका छन् ।
दमक जेसीज र पहिलो पाइला नेपाल दमक शाखाको संयुक्त आयोजनामा दमकस्थित संगम स्वीट्सको प्राङगणमा आयोजित होली मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भयो ।
पहिलो पाइला दमक शाखा अध्यक्ष राजु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भट्टराई प्रसाईं , दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रबि केसी , नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी, होटेल ब्यबसायी संघ दमकका महासचिब भुपेन्द्र न्यौपाने ,रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाँइ ,दमक डिपिएल संस्थापक अध्यक्ष भेषराज न्यौपाने ,अध्यक्ष अनु आचार्य , सामाजिक ब्यक्तित्व तिर्थराज बस्नेत औषधि व्यवसायी संघ झापाका उपाध्यक्ष बिबेक बजगाँइ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख थापाले बोल्दै सामाजिक सद्भाव एकता ,भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

उपप्रमुख भट्टराईले रङहरुको पर्बले सबैलाई उत्साह उमंग छाओस भन्दै होली पर्बको शुभकामना ब्यक्त गरिन् ।
कार्यक्रममा होटल ब्यबसायी संघको महासचिब न्यौपानेले रितिरिबाज र परम्पराको जोगार्न गराउन यस्तो किसिमको कार्यक्रमले सहयोग पुर्याउने बताए ।
संस्थाका गतिविधि र कार्यक्रमको औचित्यमाथी संस्थाको उपाध्यक्ष लबराज खडकाले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन संस्थाका सल्लाहकार गणेश प्रधानले गरेका थिए ।

त्यसैगरी दमक ९ स्थित निम्स नेशनल हस्पिटलले अस्पतालमा कार्यरत चिकित्सक,नर्स तथा अन्य स्वास्थ्य कर्मचारी एवं शुभचिन्तकहरुबीच होली मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालका अध्यक्ष उमाकान्त आचार्य, सचिव रोशन विष्ट लगायतले सञ्चालक समिति एवं सहभागीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी ध्रुवतारा स्पोर्टिङ क्लबको आयोजनामा गोरखा डिपार्टमेन्ट परिसरमा होली उत्सव २०८१ विशेष कार्यक्रम सम्पन्न भएको थियो । ति कार्यक्रमहरुमा कलाकारहरुले विभिन्न गीत संगीतका माध्यमबाट पनि मनोरञ्जन दिलाएका थिए ।