ज्ञानेन्द्रलाई नारायणहिटी लैजाने हल्लाले सुरक्षा व्यवस्था कडा

Author Nishkarsha News
२०८१ फाल्गुन २५, आईतवार ०९:३३

काठमाडौं/ एक साता लामो पोखरा बसाइँपछि काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा हुन सक्ने प्रदर्शनलाई मध्यनजर गरी काठमाडौँमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।

आज बिहानैदेखिदेखि सुरक्षाकर्मीको तैनाथी बाक्लो छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी टेक तामाङले जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाइएको बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्र दिउँसो काठमाडौँ फर्किँदैछन्। उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्