अर्जुनधारामा आगलागी

Author Nishkarsha News
२०८१ फाल्गुन १२, सोमबार १०:४७

दमक/ झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ रातेखोलाको एक घरमा आज सोमबार बिहान आगलागी भएको छ ।

सो ठाउँका लिला बहादुर कटवालको एक तले भान्छा घरमा आगलागी हुँदा भाँडा वर्तन, आदी जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो घटनामा ७ लाख बराबरको धनमाल नोक्सान भएको जनाइएको छ । बिहान करिब साढे ६ बजे लागेको आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयहरुको सहयोगमा सवा ७ बजे निभाइएको थियो । भान्साबाट सो आगलागी भएको बताइएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्