उर्लाबारी/ मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाको कमलका एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय तारानारायण श्रेष्ठको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको अरनिको अस्पताल नजिक को. १ त ६७८८ नम्बरको ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको स्थानीय अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए ।
प्रहरी निरीक्षक यादवका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर फर्किएका छन् ।