दमक/७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर लोकतन्त्रवादी पत्रकारहरुले झापाको दमकमा सञ्चालित अनाथ बाल बृद्धाश्रम दमक ९ मा खाद्यन्न सहयोग प्रदान गरेका छन् ।

लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको माइपश्चीम क्षेत्रीय समितिको आयोजनामा बुधबार आश्रम परिसरमा संक्षिप्त कार्यक्रम गरेर तरकारी तथा अन्य खाद्यन्न सहयोग हस्तान्तरण गरेका हुन् ।

युनियनले प्रजातन्त्र दिवसको मर्म र भावना अनुसार आश्रममा आश्रित बालबालिकाहरुलाई सो सहयोग प्रदान गरेको नेपाल प्रेस युनियन माइपश्चीम झापाका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस झापा क्षेत्र नं ५ खका सभापति रवि केसीको प्रमुख आतिथ्य र कांग्रेस महासमिति सदस्य एवं युवा नेता अइन्द्रविक्रम केरुङको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिष्णु सुब्बा, कांग्रेस दमक ५ का वडा सभापति चैतन्य बराल लगायतले आश्रम सञ्चालक समिति सदस्य हिमा भट्टराई र लेखा1 संयोजक नारायण अधिकारीलाई खाद्यन्न सहयोग स्वरुप हस्तान्तरण गरेका प्रेस युनियन माइपश्चीम झापाका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले जानकारी दिए ।

युनियनले यस अघि स्थापना दिवसको अवसरमा प्रेस स्वतन्त्रताका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम, विरामीलाई फलफूल वितरण, बिरामी पत्रकारलाई उपचार सहयोग हस्तान्तरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box