सवा २ लाखसहित तास खेल्ने १७ जना नियन्त्रणमा

Author Nishkarsha News
२०७६ मंसिर २, सोमबार १६:०१

भद्रपुर/ झापाको भद्रपुर नगरपालिका ५ बाट तास खेलिरहेका १७ जनालाई प्रहरीले सवा दुई लाख रुपैयाँ र ताससहित नियन्त्रणमा लिएको छ ।

आईतवार राती ११ बजे भद्रपुर नगरपालिका ५ मा रहेको पुल हाउसमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रण लिईएकाहरुमा भद्रपुरकै संजित घोस, बिजय साह, देबेन्द्र राजबंशी, कृष्ण अग्रवाल, सागर खड्का, बलदेव राजबशी, अमरदिप घोस, राजिप सहनी, रुपेश झा, रवी राजबशी, अनुज दास, गणेश सिह, कबिर क्षेत्री, शिब महतो, संजिव साह, श्रवण कामती र बुद्ध नारायण महतो रहेका छन् । तासको खालबाट प्रहरीले नगद २ लाख २६ हजार ५४२ रुपैयाँ नगद, १ बुङ तास र १६ थान मोवाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्