दमक/ दमकको व्यस्त चोकमा आज बिहान एकाएक दुई वटा हात्ती देखा परेका छन् ।  बिहान करिब २ बजे एक्कासी दमक चोकमा हात्ती देखिएपछि होहल्ला र जनजिवन आतकिंत भएको थियो ।

हात्तीले पूर्व पश्चीम लोकमार्गबाट करिब एक किलो मिटर दक्षिणमा पर्ने दमक ८ आइतबारे टोलको एक घरमा अन्न पात खानुका साथै एउटा घर भत्काएको छ ।

स्थानीय मेघनाथ फुयाँलका अनुसार सो ठाउँका कृष्ण महतोको टिन र बाँसको बेराको घर भत्काएर अन्नपात समेत नोक्सान गरेको हो । फुयाँलले भने– मेरो घर सँगै जोडिएको महत्तो भाईको घर भत्काउँदै गरेको एक्कासी देख्यौं । उनका अनुसार त्यहाँ नजिकै किरिया पुत्री बसेको घर पनि क्रस गरेर हात्ती त्यो बाटो हुँदै दक्षिण तिर लागेका थिए ।

 

 

Facebook Comments Box