दमक/ मोरङको उर्लावारी ३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार दिउँसो २.३० बजे राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलको ठक्करबाट मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ७० बर्षिय फौदसिंह बिकको मृत्यु भएको हो ।

ठक्करबाट घाईते विकलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पुरयाइएको थियो । उनको उपचारका क्रममा अपरान्ह ४ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box