दमक/ झापाको हल्दिवारी –१ बाट दुई जनालाई प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।  आइतबार राती जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चेकजाँचको क्रममा प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी–१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका वडा नम्बर ८ का २३ बर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box