ताप्लेजुङको ओसे डुम्रिसेका पौडेलहरुबीचमा एकरुपताको प्रयास

Author Nishkarsha News
२०८१ माघ १३, आईतवार २२:२६

कन्काइ/ ब्रम्हलाल पौडेल वंशोद्धार समिति ओसे–डुम्रिसेको तेस्रो साधारण सभा शनिबार झापाको कन्काईस्थित कोटीहवनमा सम्पन्न भएको छ । साधारण सभामा ओसेका पुराना बासिन्दा लक्सम परिवारका सदस्य विर्तामोड २ निवासी धर्म लक्समको प्रमुख आतिथ्य रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी लक्समसहित ओसे डुम्रिसेका पौडेल बन्धु एकता अभियानमा सक्रिय अग्रजहरु दधिराम पौडेल, पुष्पलाल पौडेल, लक्ष्मीप्रसाद पौडेल लगायतलाई सम्मान गरिएको छ ।
बन्धुहरुको हित र सामाजिक काम गर्ने उद्धेश्य राखेर २०५२ सालदेखि ताप्लेजुङको डुम्रिसे र ओसेमा रहेका ब्रह्मलाल पौडेलका सन्ततीहरुलाई एकतामा बाँध्ने मुल उद्धेश्य र लक्ष्यसहित शुरु भएको सो अभियानका क्रममा हाल सम्म पहिलो चरणको वंशावली प्रकाशन भइसकेको छ ।


समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको सो साधारण सभाले तत्कालिन समितिलाई पुनर्गठन समेत गरेको छ ।  पुनःगठित समितिको अध्यक्षमा नरप्रसाद पौडेल ( धुलाबारी) , उपाध्यक्षमा भवानी पौडेल, सचिवमा बिष्णु पौडेल , सहसचिवमा दुर्गाप्रसाद पौडेलसहित ९ सदस्यीय रहेको समितिका निवर्तमान सचिव टंक पौडेलले जानकारी दिए ।
पुनःगठित समितिले सो वंशावलीको दोश्रो संस्करण प्रकाशनका लागि तयारी गर्ने, दाजुभाई हितकोष सञ्चालन गर्ने, जुठो , सुतकहरुमा एकरुपता ल्याउने लगायतका कामहरुका लागि आवश्यक छलफलहरु चलाएर साझा निष्कर्षमा पुरयाउने लगायतका कामहरु गर्ने जनाइएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्