बेलायतको वेस्ट मिनिस्टरमा डा. शेखरले सम्बोधन गर्ने

Author Nishkarsha News
२०८१ पुष २०, शनिबार १०:५४

काठमाडौं/ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन् । उनले आउँदो जनवरी १३ तारिखका दिन वेस्ट मिनिस्टरमा विशेष सम्बोधन गर्ने भएका हुन् ।

संसद भवनभित्र आयोजना हुने विशेष कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथरिन वेष्ट, उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमस र अन्य वेलायती सांसदहरूको सहभागिता रहनेछ । नेता कोइरालालाई सम्बोधनका लागि राज्यमन्त्री वेष्ट र मन्त्री थोमसले औपचारिक निमन्त्रणा गरेका हुन् ।

उनी यही जनवरी ९ मा बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । वेस्ट मिनिस्टरको संसद भवनभित्र त्यहाँका मन्त्री र सांसदहरूलाई सम्बोधन गर्ने अवसर पाउने कोइराला पहिलो नेपाली नेता हुने ऐतिहासिक अवसर बनेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्