नेविसंघ झापाले गर्यो मेची पूलमा भारत विरुद्ध प्रदर्शन

Author Nishkarsha News
२०७६ कार्तिक २६, मंगलवार १८:३८

विर्तामोड / भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सा भित्र समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाले आज मंगलबार विरोध ¥याली र कोणसभा सम्पन्न गरेको छ ।
झापाको काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट मेचीपूलसम्म र्याली गरेको हो ।
विद्यार्थीहरुले नेपाल(भारत सिमाको मेचीनदीको पूलमा कोणसभा गर्दै लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालको भएको र हस्तक्षेप नबढाउन आग्रह गरेका थिए ।
भारतीय विस्तारवाद मुर्दाबाद, लिपुलेक(कालापानी हाम्रो हो, हाम्रो भूमिमाथिको अतिक्रमण बन्द गर, टिष्टा कांगडा हाम्रो हो, मेची महाकाली एक हौं लगायतका नारा लगाएका थिए ।
विरोध सभालाई नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती ने.वि.संघ झापाका प्रवक्ता सञ्जय निरौला, सचिव नारायण नेपाल, कोषाध्यक्ष नवराज ढकाल, मिलन चापागाई, सुरज सुवेदी लगायतले नेपाली भूमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्