बोलेरोको ठक्करबाट ज्यान गयो

Author Nishkarsha News
२०८१ मंसिर १२, बुधबार १४:५९

शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका -१ कमल पुलस्थित सडकखण्डमा बोलेरोको ठक्करबाट आज बिहान एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बोलेरोको ठक्करबाट मृत्यु हुनेमा शिवसताक्षी -८ बस्ने बर्ष अन्दाजी ३५ का खेम थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान अन्दाजी ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो र बिपरित दिशाबाट जाँदैं गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा गंभीर घाईते उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पिकअप र पिकअप चालक मेचीनगर नगरपालिका वडा नं ८ बस्ने ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्