दुर्घटनामा मृत्युपछि बसमा आगजनी

Author Nishkarsha News
२०८१ मंसिर २, आईतवार २१:१७

इटहरी उपमहानगरपालिका-१० स्थित खनारमा सवारी दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सम्झना यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्