दमक/झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ फुलबारीमा रडले हिर्काएर एक जनाको हत्या भएको छ । शनिबार सो ठाउँका मान कुमार राजवंशीले रडले हिर्काएर स्थानीय ४५ बर्षिय गंगालाल माझीको हत्या गरेका हु्न् ।
पुरानो रिसीविको कारण भएको बिबादपछि फलामको रडले टाउकोमा प्रहार गर्दा माझी घाईते भएका थिए ।
उनको उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल र्पुयाउन साथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रड प्रहार गर्ने राजवंशीलाई फलामको सो रडसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box