दमक/ झापाको शिवसताक्षी ४ स्थित एक बिद्यालयका बालबालिकालाई दमकस्थित सानो प्रयास युवा समाजले शैक्षिक सामाग्री वितरण गरेको छ ।

दमक ५ स्थित सानो प्रयास युवा समाजले पाथीभरा आधारभूत विद्यालयका करिब सय जना विद्यार्थीहरुलाई कापी कलम सहित विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।
सो संस्थाले विद्यार्थीलाई कापी ८ सय ५ वटा , पेन्सिल २ सय वटा , डट पेन २ सय १० वटा ईरेजर र साप्नहर २ सय ६० वटा गरी करिब ५० हजार बराबरको शैक्षिक सामाग्रीहरु वितरण गरेको अध्यक्ष खतिवडाले बताए ।


कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन), वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाइँको विशेष आतिथ्य रहेको थियो ।
समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको सो सानो प्रयास नामक संस्थाले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, सेनिटाइजर वितरण गर्ने लगाएतका सामाजिक कार्य गरेको भन्दै संस्थाका सल्लाहकार समेत रहेका नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताए ।

सो संस्थाले विपन्न बस्तीहरुमा झुल वितरण गर्ने, शहरी क्षेत्रमा सरसफाई लगायतका विपन्न एवं भोकालाई भोजन गराउने कार्यक्रम समेत गर्दै आएको छ ।  पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले सो संस्थाको सहयोगप्रति आभार व्यक्त गरे । व्यवस्थापन समितिले विद्यालयको योगदान प्रति राम्रो भुमिका खेलिरहेको भन्दै वडाध्यक्ष प्रसाईले प्रशंसा गरे ।
संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बिद्यार्थीहरुको दन्त परिक्षण शिविर समेत सञ्चालन गरिएको बताइएको छ ।

 

Facebook Comments Box