समयगढमा एक घर जलेर नष्ट

Author Nishkarsha News
२०८१ कार्तिक २५, आईतवार ११:३३

दमक/ झापाको कमल २ समयगढमा आज बिहान एक घरमा आगलागी भएको छ ।

बिहान करिब ३ .३० बजे कमल गाउँपालिका वडा नं २ का चन्द्र श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यहाँ कुनै मानवीय क्षति नभए पनि अन्नपात र घरायसी सामानहरु जल्दा करीब ३ लाख भन्दा बढी मूल्य बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीयबासी , प्रहरी र कमल गाउँपालिकाको वारुण यन्त्रको सहायताबाट करिब साढे ४ बजे निभाइएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्