दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ३ ठेकिटोलामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज बजारदेखि पूर्व तर्फ पर्ने कोरोबारी तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गौरीगञ्ज ४ का रोशन मगरको मृत्यु भएको हो । बिहिबार राती करिब ९.२० बजे मे ८ प ८८९५ नम्बरको मोटरसाइकल ठेकिटोला नजिकै भएको दुर्घटनामा मोटरसाइकल चालक ३० बर्षिय मगरको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडी बसेका श्याम राजवंशी घाईते भएका छन् । दुर्घटनापछि उनीहरुको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक ल्याइएकोमा राती करिब साढे १० बजे  मगरको मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।

Facebook Comments Box