दमक/ दमक नगरपालिकाको ७ नम्बर वडा दशैको सन्मुखमा उज्यालो वडा बन्ने भएको छ ।  वडा कार्यलय र नगरपालिकाको संयुक्त प्रयासमा यो वडाका सबै सार्वजनिकस्थलहरु उज्यालो हुने गरि सार्वजनिक सडक बत्ती जडान गर्न शुरु गरिएको वडाध्यक्ष भिम पौडेलले जानकारी दिए ।

वडाध्यक्ष पौडेलका अनुसार वडा भित्रका २७ वटा टोल भित्र आवश्यकताका आधारमा सबै ठाउँमा सडक बत्ती जडान गरिदैछ । वडामा बिध्युत जडान गर्ने मिटर देखि मर्मत सम्भारका सबै काम वडाले गर्नेछ भने ती बत्ती बाले बापत उठेको बिध्युत महसुल भने सम्बन्धित टोल बिकासले गर्ने वडा र टोल बिकासबीच सहमति भएको छ ।

बराह टोलबाट दशैको सन्मुख पारेर मंगलबारदेखी बत्ति जडान शुरु गरिएको वडा सदस्य इन्दु खडकाले जानकारी दिईन ।

Facebook Comments Box