गौरादह/ झापाको गौरादहमा करेन्ट लागेर ३ जना घाइते भएका छन् । शनिबार(आज) अन्दाजी १२:३० बजेको समयमा गौरादह नगरपालिका-१ मिलनचोक बस्ने ५३ वर्षिय कृष्ण प्रसाद सुबेदीको घरको नेटको तार बिजुलीको पोलमा टाङने क्रममा करेन्ट लाग्दा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते हुनेहरुमा गौरादह नगरपालिका-१ का ५३ वर्षिय कृष्ण प्रसाद सुबेदी, सोही ठाउँका लक्ष्मण आचार्यको छोरा १८ वर्षिय समिर आचार्य र १६ वर्षिय सबिन आचार्य रहेका छन् । घाइते सुबेदीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने, तत्कालको स्वास्थ्य अवस्था अवस्था बोल्न नसक्ने गम्भिर रहेको जनाइएको छ । यस्तै, घाइते २ जना दाजु भाईको दमक आम्दा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box