दमक/ बिर्तामोडका व्यवसायी स्व.रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघका पूर्व उपाध्यक्ष समेत रहेका सञ्जन कुमारले पिताको स्मृतिमा सोह्र श्राद्धको अबसरमा संघलाई सहयोग गरेको बताए । हरेक वर्ष बुवाको स्मृतिमा सामाजिक कार्यमा थोरै रकम छुट्याउने गरेको छु त्यस मध्येको एक अंश संघलाई सहयोग गरेको हुँ उनले भने – आगामी दिनमा संघमा मेरो सहयोग रहन्छ ।
संघलाई प्रदान गरेको रकम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरिएको थियो । वंशलले पिताको स्मृतिमा प्रदान गरेको रकम ग्रहण गर्दै संघका अध्यक्ष न्यौपानेले संकलित रकम बिर्तामोडकै व्यवसायीलाई समस्यामा पर्दा सहयोग गर्ने गरी कोष स्थापना गरिएको र कोषमा एक करोड रुपैयाँ पुर्याउने बताए । उनले संघले स्थापना गरेको कोषका लागि रकम प्रदान गर्ने वंशल परवारलाई धन्यवाद समेत दिए ।
योसंगै कोषमा सहयोग पुर्याउने वंशललाई सम्मान समेत गरिएको छ । कार्याक्रममा बिर्तामोडका व्यवसायी र संघका पदाधिकारीको सहभागीता रहेको थियो ।

Facebook Comments Box