गौरीगञ्ज/ नेपाली कांग्रेस निकटको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले गौरीगञ्ज ५ चिल्हारामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महासंघ झापा क्षेत्र नं. ५ ले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी सर्वसाधारणले लाभ लिएका छन् ।
दमक अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन डाक्टरहरुले सेवा दिनुका साथै निशुल्क औषधि वितरण गरिएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं. ५ का सभापति जितु धिमालले जानकारी दिए ।
धिमालको सभापतित्व र नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रममा एक जना जेष्ठ नागरिकलाईसमेत सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष विश्वदिप लिङदेनसहित पार्टी तथा भातृ संघहरुको विभिन्न तहका नेतृत्वको आतिथ्य रहेको थियो । वक्ताहरुले ग्रामिण क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरको प्रशंसा गरे ।

Facebook Comments Box