दक्षिण कोरियाको पश्चिमी तटमा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना नाविकको मृत्यु भएको छ । ३५ टन वजनको माछा मार्ने जहाज पश्चिमी बन्दरगाह शहर गुन्सानमा पल्टिएको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले दुर्घटनाको रिपोर्ट प्राप्त गरेपछि तत्कालै महासागर तथा मत्स्यपालन मन्त्री र तटरक्षक प्रमुखलाई सबै उपलब्ध कर्मचारी र उपकरण परिचालन गरी उद्धार गर्न निर्देशन दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।