स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते

Author Nishkarsha News
२०८१ भाद्र ३०, आईतवार २२:२१

सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।   आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका थिए ।

आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। सोही बमोजिम मन्त्रिपरिषद्ले स्थानीय तहको उपनिर्वाचनबारे निर्णय गरेको हो । हाल ३ पालिकाका प्रमुखसहित ३९ पद रिक्त छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्