अर्जुनधारामा पूजाको प्रसाद खाएका ५० बढी बिरामी परे

Author Nishkarsha News
२०८१ भाद्र २७, बिहीबार ११:२१

अर्जुनधारा/ पूजाको प्रसाद खाँदा एउटा टोरभरिका ५ दर्जनभन्दा बढी बिरामी परेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी भएका हुन् ।

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । उनकाअनुसार अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।  सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको अध्यक्ष मिश्रले बताए । बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्