बाल सुधारगृहबाट दुई जना फरार

Author Nishkarsha News
२०८१ भाद्र ५, बुधबार २२:४०

विराटनगर/ विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्। जिल्ला अदालत मोरङको फैसलापछि सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो तारबार नाघेर भागेको मोरङका प्हरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनीहरुको खोजि भइरहेको पनि बस्नेतले बताए। एकजना कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक हुन्।

दुवैजना १८ वर्ष भन्दा कम भएकाले बाल सुधार गृहमा राखिएको हो।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्