दमक/ झापाको दमक –६ स्थित पशुपति मन्दिर (सिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम)मा श्री शिवलोक सरोवर वाटिका निर्माण गरिने भएको छ । सो मन्दिरमा हालसालै दाताहरुबाट प्राप्त करिब ३० लाख रुपैयाँको लागतमा तामाको छानो (ताम्रापत्र) सहित आकर्षक अन्य कलाकृतिहरु समेत सजाइएको छ ।
शुक्रवार मन्दिरमा अवस्थित पशुपति सेवा सदनमा मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले आयोजना गरेको ताम्रपत्र लगाउने योजनाको आयव्यय सार्वजनिक गर्ने कार्यक्रममा त्यहाँ निर्माण गर्न लागिएको श्री शिवलोक सरोवर वाटिकाको शिलान्यास गरिएको हो ।
धाममा संक्षिप्त कार्यक्रम गरि मन्दिरका अध्यक्ष समेत रहका दमक नगर प्रमुख रामकुमार थापाले मन्दिरको छानो निर्माण गर्न दाताहरुबाट प्राप्त हुन आएको सहयोगमार्फत यथार्थ आम्दानी २९ लाख १० हजार ६ सय २३ रुपैया र खर्च भने २८ लाख ९३ हजार ५२६ रुपैयाको भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उनले प्रस्तुत गरेको प्रतिवेदन भेलाले पारित गरेका थिए ।
ताम्रपत्रको छानो बनाउन ५ हजारदेखि माथि ७ लाख बढी रुपैयासम्म स्वेच्छिक सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
सोहि अवसरमा नगर प्रमुख थापाले मन्दिर परिसारमा निर्माण गर्न लागिएको शिवलोक सरोबर बाटिकको समेत शिलान्यास गरे ।
बाटिका बनाउन करिव १६ लाख ५० रुपैया अनुमानित खर्च लाग्ने समितिको अनुमान छ । बाटिका निर्माण गर्न धाम व्यवस्थापन समितिसंगै पशुपति आध्यात्मिक महिला समूहको पहलमा सहयोग जुटाउन थालिएको छ ।
२०१९ सालमा स्थापना भएको दमककै पूरानो यस मन्दिरमा दमकलाई पुण्यभूमि बनाउन हालसम्म १८ औ महापुराण आयोजना भईसकेको छ ।
आय व्यय सार्वजनिक तथा बाटिका शिलान्यास कार्यक्रममा दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओली, दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल, सामाजिक तथा धार्मिक व्यक्तित्वहरु शेरवहादुर भट्टराई, ढुण्डीराज भण्डारी, सुरेश सुब्बा, ऐश्वर्य तिम्सीना लगायत राजनीतिक, सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो ।

Facebook Comments Box