सांसदकै डेराबाट ३ लाख बढीको धनमाल चोरी

Author Nishkarsha News
२०७६ कार्तिक १५, शुक्रबार १३:५०

काठमाडौं/नेकपाका सांसद राजेन्द्रप्रसाद गौतमको काठमाडौंस्थित डेरबाट ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

संखुवासभाबाट निर्वाचित सांसद गौतमको काठमाडौं महानगरपालिका १० देवीनगर स्थित सूचना आयोग नजिकै रहेको डेराबाट बुधबार अपरान्ह केही नभएको मौका पारेर नगद एक लाख २५ हजार रुपैयाँ र सुनका गहनासमेत चोरी भएको हो ।
हातमा डाक्टरले शल्यक्रिया गर्दा लगाउने पञ्जा ’सर्जिकल ग्लोभ्स’ लगाएर चोरी गरेको अनुसन्धानबाट देखिएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जानकारी दिँदै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्