दमक/  दमक खानेपानीमा नव निर्वाचित नेतृत्वले उपभोक्ताको हित लक्षित निर्णय गरेको छ । रवि केसी न्यौपाने नेतृत्वको नयाँ समितिले खानेपानीको न्यूनतम महसुल र नयाँ धारा जडान शुल्क दुवै घटाउँदै उपभोक्ताको हित लक्षित काम थालेको हो । दमकका खानेपानी उपभोक्ताहरुले पानी उपभोग गरेवापत अव न्यूनतम महसुल  रु ५० बुझाए पुग्न भएको छ । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी महसुल दर पुनरावलोकन गर्दे साउन १ गतेदेखि लागू हुने गरि न्यूनतम महषुल दर परिवर्तन गरेको जनाएको हो ।
यसअघि न्यूनतम महषुल रु १३० कायम गरिएको थियो । संस्थाका नवनिर्वाचित सञ्चालक समितिले खानेपानी उपभोक्ताहरुको हितमा गंभीर बन्दैं महसुलको न्यूनतम दरसंगैं नयाँ धारा जडान गरेवापत लाग्दैआएको शुल्क समेत घटाईएको अध्यक्ष रवि केसीले जानकारी दिए ।  उनका अनुसार नयाँ धारा जडानमा लाग्दैआएको शुल्क रु १२ हजार ३ सय कायम गरिएको छ । यसअघि धारा जडानका लागि उपभोक्ताहरुले रु १५ हजार ३ सय रुपैया बुझाउदैआएका थिए ।
दमकका १० बाहेक अन्य सवै वडामा खानेपानीका धारा पगेका र हालसम्म उपभोक्ताको संख्या करिव १३ हजार नाघेको छ । पूर्वमै सवल बन्दै गएको यहाँको खानेपानीमा धाराको मागलाई ध्यान दिदैं धारा जडानसंगैं नयाँ आवेदनको माग सधै खुला राख्ने निर्णय भएको अध्यक्ष केसीले बताए । फोटोसहितको उपभोक्ता परिचयपत्र यसअघि निश्चित समयमा मात्र खुलाउने गरिदैआएको थियो । अध्यक्ष केसीले स्वच्छ खानेपानीमा सवै नागरिकको पहुँचमा पुरयाँउन यस किसिमका नयाँ कार्यक्रम सञ्चालनमा ल्याईएको जनाएका छन् । एकैसाथ लागू गरिएको यस कार्यक्रमले उपभोक्ताहरुलाई सुविधा पुगेको उनको भनाई छ ।  छ । यसैगरि, संस्थाले आर्थिक रुपमा अति कमजोर आयस्रोत भएका परिवारलाई लक्षित गरेर मागका आधारमा सार्वजनिक धारा जडान कार्य थालनी गर्ने उनले बताए ।

Facebook Comments Box