अमेरिकाका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

Author Nishkarsha News
२०८१ श्रावण ३, बिहीबार १०:२४

अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि दुई पटक कोभिड–१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।

चुनावी अभियानका क्रममा लस भेगासमा देखिएका बाइडेनलाई कोभिड पुष्टि भएपछि अरु कार्यक्रम रद्द गरिएको बीबीसीले जनाएको छ । कोरोना संक्रमण भएपछि उनी अब केहीदिन डेलावेरमा रहेको आफ्नो घरमा आइसोलेसनमा बस्ने जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्