दमक/ झापा र मोरङका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।  झापा बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय बिबेक खड्का र २१ बर्षीय सरोज चौधरीलाई भद्रपुरस्थित मेचीपुलबाट ब्राउन सुगर २७० मिलिग्राम सहित प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको सुन्दरहरंैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउन सुगरसहित विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Facebook Comments Box