दमक/ धरान–१५ खोरियाबस्तीमा एक जनाले आफ्नै श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेका छन् ।
सो ठाउँकी २३ बर्षीया जिना राईलाई उनकै श्रीमानले कुटेर हत्या गरेका हुन् ।
हिजो राती करीब ९ बजे घरमा झगडा भएपछी जिना घरबाट बाहिर निस्किदै गर्दा उनका पति ३१ बर्षीय अर्जुन राईले उनलाई पछ्याउदै ढुंगाले टाँउकोमा प्रहार गरेका थिए ।
ढुंगा प्रहारबाट जीनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । श्रीमतीको हत्या गरी फरार रहेका राईलाई राती सवा ११ बजे प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरी १ नम्बर प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।