सुनील खड्का बने कमेडी च्याम्पियन

Author Nishkarsha News
२०८१ असार १५, शनिबार १९:५३

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।

उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार लगायतका अन्य पुरस्कार पाएका छन्। फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले हुँदा सेकेन्ड रनरअप नवलपुरकी सुयाशा खनाल भइन्।
फस्ट र सेकेन्ड रनरअपले भने एक/एक वटा स्कुटर पुरस्कार पाएका छन्।

यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए।

यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्। त्यस्तै, विशाल भण्डारीले निर्देशन गरेको यो सोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेलले गरेका थिए।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्