२८ वर्ष अघिदेखि झापाको दमकमा सञ्चालनमा रहेको  झापा मोडल अंग्रेजी मावि  निजीस्तरबाट सञ्चालनमा रहेको बिद्यालय हो ।  झापा मोडल अंग्रेजी माविले  कक्षा ११ र १२ का लागि पनि विभिन्न उपयोगी र समयको माग अनुसारका बिषयहरुको अध्यापन गराउँदै आएको छ ।
आफ्ना विद्यार्थीहरुलाई व्यवहारिक र रचनात्मक गुणयुक्त बनाउँदै शैक्षिक जगतमा यसले झण्डै तीन दशक लामो इतिहास बनाइसकेको छ ।
यो बिद्यालय विगत तीन वर्ष देखि लगातार दुईपटक एनसीसी जुनियर डिभिजन र गतवर्ष सिनियर डिभिजन सञ्चालन गरेर विद्यार्थीहरूमा अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराई स्वयंसेवाको भावना र मर्म अनुसार बिद्यार्थीलाई अघि बढाउन सफल झापा मोडल अंग्रेजी माविलाई शैक्षिक वर्ष २०८१ मा पनि एनसीसी सिनियर डिभिजन तालिम प्रदान गर्ने अवसर प्राप्त भएको छ । विद्यालयमा विगतमा सञ्चालन भएको जुनियर सिनियर एनसीसीमा आबद्ध विद्यार्थीहरूको मिहिनेत, परिश्रम, लगनशीलता र एन सि सि को भाबना र मर्मलाई यस विद्यालयका विद्यार्थीहरूले ब्यवहारमा उतार्न सफल भएकाले त्यसैको प्रतिफल यो बिद्यालयले पुनः एन सीसी सिनियर डिभिजन प्राप्त गर्न सफल भएको बिद्यालयका संस्थापक जयबहादुर श्रेष्ठ बताउनु हुन्छ ।


बिगतमा यो बिद्यालयका क्याडेट विद्यार्थीहरू कृतज्ञता थापा , ईन्सानी खतिवडा तालिम अवधिमा सम्पन्न गराईएको बक्तृत्वकला प्रतियोगितामा राष्ट्रियस्तरमा नै प्रथम स्थान प्राप्त गर्न सफल भएका छन भने उनीहरुले “ यूथ एक्स्चेन्ज “ कार्यक्रम अन्तर्गत भारतका बिभिन्न मुख्य शहरहरूको अवलोकन भ्रमण गरि सकेका छन् ।
वर्ष २०८० गते मा वक्तृत्वकलामा नै मध्य पूर्वी तालिम केन्द्र वर्दिवासमा सम्पन्न तालिममा झापा मोडलकी छात्रा श्रेया पौडेल नेपाल द्वित्तीय हुन सफल भएकी थिइन् ।
त्यसरिनै एनसीसी भाग लिने सबै विद्यार्थीहरूले राष्ट्र राष्ट्रियताको वारेमा अन्तर्हृदयबाट नै बुझेका छन ।
विद्यार्थीहरूलाई आत्मैदेखि राष्ट्रियताको भाव जगाउने , आफूमा नैतिकता अनुशासन र चरित्र प्रबल हुन पर्छ भन्ने भावना जागृत गराउने यो तालिमले ठुलो मद्धत पुरयाउँदै आएको छ । यस वर्ष पनि यो तालिम सञ्चालन अनुमति पाएकोप्रति बिद्याल परिवार हर्षित हुँदै सम्बद्ध सबै निकायलाई धन्यवाद प्रकट गरेको छ ।
यही झापा मोडल अंग्रेजी माविले एसईइ नतिजाको प्रकाशन हुनै लाग्दा कक्षा ११ मा का लागि विभिन्न संकायमा अध्ययनका लागि बिद्यार्थीहरुको अग्रीम नाम दर्ता खुल्ला गरेको छ ।
बिद्यार्थीहरुको आकर्षण धेरै भएको र बिद्यालयलाई तोकिएको मापदण्ड अनुसार थोरै संख्यामा मात्रै अन्य बिद्यालयबाट आउने बिद्यार्थीहरुका लागि सिट बाँकी रहेको हुँदा अग्रिम नाम दर्ताका लागि समय तोकिएको प्रिन्सिपल सागर श्रेष्ठ बताउनु हुन्छ । उहाँका अनुसार यो बिद्यालयमा कक्षा ११, १२ का लागि विज्ञान (साइन्स), मेनेजमेन्ट , कम्युटर विज्ञान ( कम्प्युटर साइन्स) , होटल मेनेजमेन्ट र विजनेश स्टडिजमा अध्यापन गराउने गरि नाम दर्ता खुल्ला गरिएको हो । अनुशासित , सरल र सहज शैक्षिक वातावरणमा अध्यापन गराउने गरिएको यो बिद्यालयले यि बिषयहरुमा बर्षेनी शतप्रतिशत नतिजा निकाल्दै आएको छ ।

 

Facebook Comments Box