दमक/ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ दमक नगर कमिटीको १२ औं नगर सम्मेलन बिहिबार सम्पन्न भएको छ । सम्मेलनले मुना सिग्देल गौतमको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ । बिहिबार एमाले दमक नगर कमिटीको कार्यालयमा सम्पन्न नगर सम्मेलनले सिग्देलको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा इन्दिरा भट्टराई, सचिवमा तारा न्यौपाने, उपसचिवमा रुद्रकुमारी राई (रमा) र कोषाध्यक्षमा रिता थापा चयन भएका छन् ।
अनेमसंघकी केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा पार्टी केन्द्रिय सदस्य गीता अधिकारीको विशेष आतिथ्य रहेको थियो । सम्मेलनको अवसरमा अनेमसंघले विशेष योगदान दिएको भन्दै यमुना गौतम, विष्णु खड्का, हिमा कार्की लगायतलाई सम्मान गरिएको थियो ।