इलाम/ इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षिय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पुर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सौतेनी आमाको हत्या आरोपमा पक्राउ
Nishkarsha News
२०८१ बैशाख १७, सोमबार १९:३६