दमक खानेपानीको नेतृत्व न्यौपानेले सम्हाले, को को बने पदाधिकारी ? हेर्नुस

Author Nishkarsha News
२०८१ बैशाख ५, बुधबार २१:५०

दमक/ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा दमकका लोकप्रिय युवा उद्यमी तथा सामाजिक व्यक्तित्व रवि न्यौपाने केसी निर्वाचित भएका छन् ।
आज सम्पन्न पदाधिकारीको निर्वाचन कार्यक्रमबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरि संस्थाको उपाध्यक्षमा कुमार निरौला ,सचिवमा चन्द्रबहादुर थापा,सहसचिवमा दिलकुमारी सुब्बा (दिलु ) र कोषाध्यक्षमा विक्रम अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यज्ञराज निरौलाले बताए ।
गत चैत २३ गते सम्पन्न खानेपानी निर्वाचनबाट निर्वाचित ९ जना सदस्यहरुबीच बुधबार भने पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो । निर्वाचनबाट सदस्यहरुमा गजेन्द्र देवान पार्वता ढकाल ,दुर्गादेवी खनाल (काफ्ले ) र रिताकुमारी वस्नेत (श्रेष्ठ) चयन भएका छन् । लेखा समिति संयोजकमा राधिका सुवेदी नेतृत्वको तीन जना सदस्य निर्वाचित भइसकेका छन ।
यसअघि दमक खानेपानीको नेतृत्व रोशन गौतमले सम्हाल्दै आएका थिए । गौतम यसपटकको निर्वाचनमा उम्मेदवारको रुपमा प्रस्तुत भएनन । उनको कार्यकालमा दमक खानेपानीको बिकास सम्बन्धि ६५ करोड भन्दा बढी लागतको परियोजना दमकमा भित्रिएको छ । एशियाली बिकास बैंकको सहयोगमा भित्रिएको यो परियोजना सञ्चालन सम्बन्धिमा आवश्यक प्रकृया अघि बढिरहेकै समयमा दमक खानेपानीको निर्वाचन सम्पन्न भएको हो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्